दफा ४२
मुद्दा हेर्ने अधिकारी
(१) दफा ४१ को उपदफा (१) को (छ), (ज), (झ) वा (न) बमोजिमका मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।
(२) उपदफा (१) मा उल्लिखित मुद्दा बाहेक यस ऐन बमोजिमका अन्य मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ।
(३) उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले सुरु कारबाही र किनारा गरेको मुद्दाको पुनरावेदन सम्बन्धित जिल्ला अदालतमा र उपदफा (२) बमोजिम जिल्ला अदालतले सुरु कारबाही र किनारा गरेको मुद्दाको पुनरावेदन सम्बन्धित उच्च अदालतमा लाग्नेछ।
(४) उपदफा (३) बमोजिम पुनरावेदन गर्दा निर्णय भएको पैतीस दिन भित्र गर्नु पर्नेछ।